ब्राजिलको राष्ट्रपति निर्वाचन : पूर्व राष्ट्रपति लुलासँग वर्तमान राष्ट्रपति बोल्सोनारो पराजित


१४ कार्तिक २०७९, सोमबार
Lula Silva Brazil President1667180760

रियो दि जेनेरियो । दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि उनले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य भएका थिए ।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन ताजा निर्वाचन परिणामले देखाएको छ । यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७