राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति (तस्वीरहरु)


१७ कार्तिक २०७९, बिहीबार
Rabi Lamichhane 3

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज (बिहीबार) वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ ।

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ । घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ । बिहीबार आगामी चुनावका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हो ।

त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेडा छ ।

त्यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेण्डामा छ । भारतसहित केही मुलुकमा उपराष्ट्रपति माथिल्लो सभाको अध्यक्ष हुने व्यवस्था छ ।

Rabi Lamichhane 1
Rabi Lamichhane 2
Rabi Lamichhane 3
Rabi Lamichhane 4
Rabi Lamichhane 5
Rabi Lamichhane 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७