मेस्सीको कप्तानीमा विश्वकप खेल्न अर्जेन्टिनाको टोलीको घोषणा


२६ कार्तिक २०७९, शनिबार
Argentina Squad for FIFA World Cup 2022

काठमाडौं । स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । चोटबाट ग्रसित मेस्सीसगै टोलीमा फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएका छन् । यसै गरी युवा खेलाडी जुलियन अल्भारेजले कतार भ्रमण गर्नेछन् ।

दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले यस पटक समेत उपाधि दावेदारी प्रस्तुत गरेका छ । समूह ‘सी’ मा अर्जेन्टिना सहित साउदी अरब, मेक्सिको र पोल्यान्ड छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्ने छ ।

अर्जेन्टिना टोली

गोलरक्षक : एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी ।

रक्षक : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ ।

मिडफिल्डर : रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस ।

स्ट्राइकर : लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७