पहिलो हाफमै इंग्ल्यान्डको तीन गोल


५ मंसिर २०७९, सोमबार
315799178 6645137122168745 2702485019369597160 n
England’s midfielder #22 Jude Bellingham (C) celebrates scoring his team’s first goal during the Qatar 2022 World Cup Group B football match between England and Iran at the Khalifa International Stadium in Doha on November 21, 2022. (Photo by Adrian DENNIS / AFP) (Photo by ADRIAN DENNIS/AFP via Getty Images)

कतार । फिफा विश्वकप २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले इरानविरुद्ध सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा जारी पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि छ ।

चोटका कारण भने इरानले २० औं मिनेटमा नै गोलरक्षक परिवर्तन गर्नुपरेको थियो । इंग्ल्यान्डको फ्रिकिक डिफेन्स गर्ने क्रममा गोलरक्षक अली बेइरन्भान्द आफ्नै डिफेन्डरसँग ठोक्किन पुगेका थिए । अनुहारमा चोट लागेका उनीमाथि केहि समय उपचारपछि खेल सुचारु भएको थियो । तर केहीबेरमा नै उनी ढलेपछि खेल अघि बढ्न सकेन । स्ट्रेचरमा मैदान बाहिर लागेका उनको स्थानमा होसेन होसेनी मैदान प्रवेश गरे ।

३० औं मिनेटमा इंग्ल्यान्डको निरन्तर बल राख्दै अघि बढ्ने रणनीतिमा अवसर सिर्जना भएको थियो । ३२ औं मिनेटमा इंग्ल्यान्डको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । ३५ औं मिनेटमा इंग्ल्यान्डले अन्ततस् अग्रता लियो । जुड बेलिंघमले उत्कृष्ट टिम मुभलाई गोलमा परिणत गरे । लुक शाको अन्तिम क्रसलाई उनले हेडरमार्फत गोल गरेका थिए ।

इंग्ल्यान्डले सेट पिसमार्फत नै खेलमा अग्रता दोब्बर पार्यो । ४३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए । उनले मगाएरले कर्नरमा फर्काएको हेडरलाई भलीमा गोल गरे ।

पहिलो हाफमा गोलरक्षक घाइते हुँदा खर्च भएको समयलाई परिपूर्ति गर्न १४ मिनेट समय थपिएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्यान्ड अर्को गोल थप्न सफल भयो । रहिम स्टर्लिङले ह्यारी केनको पासमा गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७