६८ क्षेत्रको नतिजा : कांग्रेस २६, एमाले १५, अन्य २८ (सूचीसहित)


८ मंसिर २०७९, बिहीबार
Mat gadana Rupandehi scaled
फाइल फोटो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज (विहीबार) बिहानसम्म प्रतिनिधिसभाका ६८ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अब ९७ सिटको नतिजा आउन बाँकी छ ।
हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले २६ सिट जितेको छ भने ३१ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा विजयी बनिसकेका छन् । प्रधानमन्त्रीका दाबेदार गगन थापाले पनि जितेका छन् ।

नेकपा एमालेले १५ सिट जितेको छ भने २९ सिटमा अग्रता लिइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निर्वाचित भइसकेका छन् । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पराजित भइसकेका छन् ।
नेकपा माओवादी केन्द्रले ७ सिट जितेको छ भने १० सिटमा अग्रता लिइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित जितेका छन् भने महासचिव देव गुरुङ लमजुङबाट पराजित भएका छन् ।

नेकपा एकीकृत समाजवादीले ६ स्थानमा जितेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ । रौतहटबाट उठेका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ सिट जितेको छ भने ४ सिटमा अग्रता लिइरहेको छ । पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ बाट जितको नजिक छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २, जसपाले १, राष्ट्रिय जनमोर्चाले १, लोकतान्त्रिक समाजवादीले १, नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेका छन् । बर्दियाबाट स्वतन्त्र उम्मेदवार एक जनाले जितेका छन् । अहिलेसम्मको नतिजा हेर्दा संसदमा १२ दलको उपस्थिति भइसकेको छ ।
हेर्नुस् हालसम्मको चुनावी नतिजा

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल–

७. रसुवा– मोहन आचार्य–

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा– शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्र कुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा– रामहरि खतिवडा

१५. झापा १– विश्वप्रकाश शर्मा

१६. पर्सा १– अजयकुमार चौरसिया

१७. गोरखा १– राजेन्द्र बजगाई

१८. म्याग्दी– खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – बीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री

२४. दैलेख २– दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउद

नेकपा एमाले

१.उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३.ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५ .झापा २– देवराज घिमिरे

६. झापा ५– केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. मकवानपुर २– महेश कुमार बर्तौला

१२. कास्की २– विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ

१५. रुपन्देही ५ – बासुदेव घिमिरे

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २– लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट – शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर

२ . बारा ४– कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी– प्रेमबहादुर आले

६. बझाङ– भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर ३ – तोसिमा कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी–

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानबहादुर शाही

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली १– गंगाराम चौधरी

जनमत पार्टी

१. सप्तरी २– सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २– लालवीर चौधरी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७