सर्लाही–२ मा राजेन्द्र भन्दा महेन्द्र यादव झण्डै दुई हजार मतले अगाडि


१० मंसिर २०७९, शनिबार
Rajendra mahato mahendra yadav

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका उम्मेदवार महिन्द्र राय यादवले मतान्तर बढाएका छन् ।

रायले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोसँग झण्डै दुई हजार मतले महेन्द्र राय अग्रता कायम गरेका हुन् । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट उम्मेदवारी दिएका रायले २० हजार ७ सय३८ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार महतोले १८ हजार ७ सय ९३ मत प्राप्त गरेका छन् ।

अहिले सम्म सर्लाही क्षेत्र नम्बर दुइको प्रतिनिधि सभातर्फ ६६ हजार २ सय ३० मत मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर दुइमा एक लाख १६ हजार २ सय २३ मतदाता रहेका छन्। त्यसमध्ये आइतबार सम्पन्न निर्वाचनमा ७४ हजार १५५ अर्थात ६४.३२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । करिव ८ हजार ५०० भन्दा बढी मत मात्र गन्न बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७