प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एसले पनि दुई लाख १४ हजार मत कटायो


११ मंसिर २०७९, आईतवार
Mat gadana Rupandehi scaled
फाइल फोटो

काठमाडौँ । प्रतिनिधि सभा समानुपातिकतर्फ अहिलेसम्म ८२ लाख ४६ हजार ६३० मत गणना भएको छ । हालसम्म गणना भएको मत विवरण अनुसार नेकपा एमालेको अग्रता कायमै छ । कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो बनेका छन् । निर्वाचन आयोगको आज बिहान ७ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिकतर्फ २२ लाख ७७ हजार २९० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २१ लाख ७२ हजार २२०, माओवादी केन्द्रले ९ लाख ५२ हजार ८३१ मत पाएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ ।

उसले ९ लाख १५ हजार ४८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ८०६, जनता समाजवादी पार्टी, नेपालले २ लाख ७४ हजार २३४, नेकपा (एकीकृत समाजवादी) २ लाख १४ हजार ७५२, जनमत पार्टीले २ लाख ९ हजार ८२७, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६६५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १५ हजार १८८ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७