सुनसरी–४ मा रोकिएको मतगणना तत्काल शुरु नगरिए सडक संघर्ष गर्ने एमालेको चेतावनी


१२ मंसिर २०७९, सोमबार
sunsari

सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ मा स्थगित मतगणना तत्काल शुरु नगरिए सडक संघर्ष गर्ने नेकपा एमालेले चेतावनी दिएको छ ।

आज (सोमबार) पत्रकार सम्मेलन गर्दै सुनसरी–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका एमालेका जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल शुरु गर्न माग गरेका छन् । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको भन्दै तत्काल कुनै निर्णय नभए सडक संघर्ष शुरु गर्ने उनले चेतावनी दिए ।

कुसियतले भने, ‘आज कुनै निर्णय भएन, मतगणना शुरु भएन भने हामी सडकमा जानेछौँ । हामी सडक संघर्ष पनि गर्नेछौं । वार्ता पनि गर्छाै ।’ कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७