अफसिन बने विश्वकै होचा व्यक्ति


२९ मंसिर २०७९, बिहीबार
worlds shortest man wre 19pjD1Wfhd

काठमाडौं । विश्वकै सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् ।

अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् । जन्मिँदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन् । जसका कारण उनी निकै खुशी छन् । ‘निरन्तरको उपचार र शारीरिक कमजोरीका कारण उसले पढ्न छाड्यो, नत्र उसलाई मानसिक समस्या छैन,’ उनका बुबा इस्माइल गदरजादे भन्छन् ।

World shortest man hZPuNN9KGs

अफसिन स्मार्टफोन चलाउन सिपालु छन् । तर, उनलाई फोन बोकेर हिँड्न सकस हुन्छ । ‘धेरैबेर चलाउनलाई फोन ज्यादा गह्रौँ हुन्छ । तैपनि म चलाउँछु,’ उनी भन्छन् । गाउँमा उनका लागि कुनै काम छैन । उनी कार्टुन हेरेर र सामाजिक सञ्जाल स्क्रोल गरेर समय कटाउँछन् । एक साथीको सहयोगमा उनी इन्स्टाग्राम चलाउँछन् ।

स्थानीयबासीम ाझ अफसिन निकै लोकप्रिय छन् । तर, गाउँमा उनी एक्लै हिँड्न सक्दैनन् । त्यसैले बुबा आमामध्ये सधैँ एक जना उनको साथमा हुनुपर्छ । उनी आफै हिँड्न सक्छन् । तर, कहिलेकाहीँ अरुले बोकेको मन पराउँछन् ।
बच्चाका लागि बजारमा आएका कपडा उनलाई ठिक हुन्छन् । तर, बच्चाका लागि भनेर बनाइएका डिजाइन उनलाई फिटिक्कै मन पर्दैन । त्यसैले सिलाउन दिएर कपडा तयार गर्छन् उनी । खेल नखेले पनि उनलाई जब कुर्दिस संगीत बज्छ, तब नाच्न खुब मन पर्छ ।

6 kaf6uxqwNU

यसअघि २०१० मा ६७.०८ सेन्टिमिटरका नेपालका खगेन्द्र थापामगर विश्वकै होचा व्यक्ति बनेका थिए । एक वर्षपछि उनको कीर्तिमान तोडियो । फेरि २०१२ मा नेपालका चन्द्र डाँगी सबैभन्दा होचा व्यक्ति भए । ५४.६ सेन्टिमिटरका उनी हालसम्म भेटिएकामध्ये सबैभन्दा होचा व्यक्ति हुन् । तर, २०१५ मा उनको निधनपछि थापामगर फेरि होचा व्यक्ति बने । २०२० मा उनको पनि मृत्यु भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७