फरार सूचीमा रहेका नेहाका ससुराले गराए अदालतमा मुद्दा दर्ता


१ पुष २०७९, शुक्रबार
birgunj adalat

जनकपुरधाम । महोत्तरीकी नेहा चौधरीले घरेलु हिंसा र दाइजोविरुद्ध श्रीमानसहित ६ जनामाथि मुद्दा दर्ता गराएपछि फरार रहेका नेहाकी ससुरा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन् ।

बिहीबार दिउँसो रामप्रवेश अदालतमा हाजिर भइ यसअघि नै पक्राउ परेका पंकजलाई थुना मुक्त गराउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । पंकज श्रीमती नेहा चौधरीमाथि घरेलु हिंसा गरेको आरोपमा महोत्तरी प्रहरीले गत मंगलबार राति नै पंकजलाई आफ्नै घरबाट पक्राउ गरिसकेको छ ।

घरेलु हिंसा र दाइजो विरुद्ध नेहाले ससुरा रामप्रवेशसहित ६ जनालाई विपक्षी बनाएकी छिन् । तर श्रीमान् पंकजलाई मात्रै पक्राउ गरिएको छ । महोत्तरी प्रहरीको फरार सूचीमा रामप्रवेशसँगै उनकी श्रीमती र छोरीहरू छन् । नेहाले फरार रहेका अन्य अभियुक्तलाई पनि पक्राउको माग गर्दै बिहीबार रामगोपालपुर नगरपालिकामा कार्यालय अगाडि प्रर्दशन गरेकी थिइन् ।

नेहा चौधरी र कुमारी आमा निहारिका राजपुत नेतृत्वमा रहेका प्रदर्शनकारीबीचहरुले नगरपालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा र निहारिकालाई पनि पक्राउ गरेको छ । नेहा नेतृत्वको प्रदर्शनकारीले नगरपालिकामा पाँच लाख रुपैया बराबरको क्षति पु¥याएको भन्दै रामगोपालपुर नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै नेहा र निहारिबाट सो रकम असुलउपर गराइदिन जिल्लामा प्रशासन कार्यलय महोत्तरीसँग माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७