फ्रान्समा साततले भवनमा भीषण आगलागी, १० जनाको मत्यु


१ पुष २०७९, शुक्रबार
france fire

काठमाडौं । फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित एउटा ७ तले भवनमा आगलागी भएको बताएका छन् ।

आगो निभाउन १८० वटा दमकल प्रयोग गरिएको थियो । पछि आगो नियन्त्रणमा आएको थियो । आगलागी के कति कारणले भएको हो भन्ने कुराको अनुसन्धान सुरु गरिने पनि गृहमन्त्री गेराल्डले बताएका छन् । आगलागीबारे राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि कुराकानी भएको र राष्ट्रपतिले घटनाबारे दुःख ब्यक्त गरेका गेराल्डको भनाई छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ३ बजे आगलागी सुरु भएको थियो । तर आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनामा १४ जना घाइते भएका छन् जसमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ । आगो निभाउने क्रममा दुई जना दमकलका कर्मचारी सामान्य घाइते भएका छन् । भवनको भुइँ तल्लाबाट सुरु भएको आगो माथितिर फैलिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७