‘कबड्डी नायिका’ रिश्मा उडिन् अमेरिका


८ पुष २०७९, शुक्रबार
rishma gurung 1 nkwepS7R1w

काठमाडौं । ‘कबड्डी’ चलचित्रबाट चर्चा कमाएकी नायिका हुन् रिश्मा गुरुङ । फिल्म उद्योगमा राम्रो कलेक्सन गर्न सफल ‘कबड्डी’ मा मैयाको भूमिकामा देखिएकी रिश्तालाई दर्शकले खुब मन पराए । तर उनले धेरै फिल्म खेलिनन् ।

फिल्मी क्षेत्रमा करिअर स्थापित गर्नु भन्दा उनले प्रेमीसँग घर बसालिन् । तीन वर्षअघि सन्दीप गुरुङसँग लगनगाँठो कसेकी रिश्मा मिडियामा उति साह्रै चर्चामा आउँदिनन् । अमेरिकी वायुसेनामा कार्यरत सन्दीपसँगको ५ वर्ष लामो प्रेमलाई विवाहका परिणत गरेकी रिश्मा त्यहि समयदेखि फिल्ममा पनि देखिएकी छैनन् ।

उनै रिश्मा श्रीमानसँग अमेरिका उडेकी छिन् । सामाजिक सञ्जालमा श्रीमानसँगको तस्बिर शेयर गर्दै अमेरिका प्रस्थान गरेको जानकारी गराएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् ‘लाहुरै चलियो लाहुरेसँग । फेरि भेटौंला । बाइ बाइ नेपाल ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७