‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौं हजारको स्वास्थ्य परीक्षण


९ पुष २०७९, शनिबार
birgunj mahanagar CdkNPg6src

पर्सा । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधि समेत वितरण हुँदै आएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए । गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ ।

यसले बजारका अस्पतालमा धाइरहनुपर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ । शिविरमा स्वास्थ्य जाँच गराएकालाई उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधि त्यही उपलब्ध गराउँदै आएको छ ।

वीरगञ्जको वडा नम्बर ३० लालपर्साबाट गत भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको थियो । आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । अहिलेसम्म नौ वटा वडामा चलेको कार्यक्रममा पाँच हजार पाँच सय ६२ महिला र तीन हजार दुई सय १७ पुरुषले स्वास्थ्य जाँच गराएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७