ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो लुला दा सिल्भा


१८ पुष २०७९, सोमबार
brajil rastrapati

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला दा सिल्भाले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।

तेस्रो पटक राष्ट्रपति बनेका सिल्भाले आइतबारैबाट आफ्नो कार्यभार सम्हालेका हुन् । सन् २००३ र सन् २०१० मा पनि देशको बागडोर सम्हालेका सिल्भा गत अक्टोबरमा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पारजित गर्दै पुनः राष्ट्रपति बनेका हुन् । शपथ ग्रहण लगत्तै देशवासीका नाममा सम्बोधन गर्दै उनले भग्नावशेषमा परिणत ब्राजिललाई पुनर्निर्माण गर्ने बचन दिंदै ब्राजिलका जनतालाई आफूमाथि भरोसा गर्न अपील गरेका छन् ।

उनले पूर्व राष्ट्रपति बोल्सोनारोको कोभिड नीतिको विरोध गर्दै ब्राजिलको जनताको नरसंहार मच्चाएको आरोप समेत लगाए । यसैबीच निवर्तमान राष्ट्रपति बोल्सोनारो भने अमेरिका पलायन भएका छन् । ब्राजिलमा सत्ता फेरिएसँगै आफूमाथि राजनीतिक प्रतिशोध साँध्न सकिने डरले बोल्सोनारोले देश छाडेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७