वृहत वाम एकताका लागि माओवादीले गठन गर्‍यो पाँच सदस्यीय वार्ता टोली


२३ पुष २०७९, शनिबार
Mao Bam ekata barta toli

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वृहत वाम एकताका लागि वार्ता गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
वामपन्थी पार्टीहरुबीच एकता अगाडि बढाउन माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा महरासँगै महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहेका छन् । माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एकता प्रकृया अगाडि बढाएका छन् । नेकपा एसले पनि शुक्रबार वामपन्थी एकताका लागि कार्यदल गठन गरेको थियो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि एकता प्रक्रियामा आउने तयारीमा छ ।

यसैबीच आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारका प्रधानमन्त्रीलाई पुस २६ गते विशवासको मत दिन सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पार्टीको तर्फबाट आह्वान समेत गरेको छ । ‘हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पौष २६ गते प्रतिनिधि सभामा विश्वसको मत लिने कार्यतालिका रहे बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत प्रदान गर्नका लागि प्रतिनिधि सभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरुलाई पार्टीका तर्फबाट आव्हान गर्ने निर्णय गरियो’, जारी विज्ञप्तिमा भनिएको छ ।

maobadi nirnya hzGsbk0CON

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७