विश्वासको मत दिन्छौं, माग पुरा नभएसम्म नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्छ : रञ्जिता श्रेष्ठ


२६ पुष २०७९, मंगलवार
Ranjita shrestha new samsad scaled

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेकाले प्रतिपक्षमा बस्ने जानकारी गराएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झुठ्ठा मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीसहितका राजबन्दी रिहा गर्ने काम नभएकाले आफूहरुले प्रतिपक्षमा रहने जानकारी दिएकी हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जानकारी गराउँदै उनले विश्वासको मत दिए पनि माग पूरा नभएकाले प्रतिपक्षमै रहने बताइन् ।

‘प्रधानमन्त्री ज्यू, तपाईले गरेको वाचा पूरा भएको भए आज हामी सत्तापक्षकै कुर्सीमा हुन्थ्यौँ, जबसम्म हाम्रो मागको सम्बोधन पूरा हुँदैन, तबसम्म प्रतिपक्षकै बस्नेछौँ,’ उनले भनिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७