लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत


२७ पुष २०७९, बुधबार
abhiram sharma

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् ।

लोसपाका संसदीय दलको नेताका लागि अभिराम शर्मा र जितेन्द्र सोनल उम्मेदवार थिए तर पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेताहरूसँगको छलफलपछि शर्मालाई नेतामा नियुक्त गरिएको पार्टीका नेता राजिव झाले जानकारी दिए । शर्मा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए ।

मधेस प्रदेशमा यसअघि जसपा संसदीय दलको नेतामा सरोज यादव, नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्ण यादव, जनमत पार्टी संसदीय दलको नेतामा महेश यादव, एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । माओवादी पार्टीको संसदीय दलको नेताको चुनाव भोलि बिहीवारसम्म हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७