हिंसा भड्काएको आरोपमा ब्राजिलका पूर्व न्यायमन्त्री टोरेस पक्राउ


२ माघ २०७९, सोमबार
Anderson

काठमाडौं । ब्राजिलमा हिंसा भड्काएको आरोपमा पूर्व न्यायमन्त्री एन्डरसन टोरेस पक्राउ परेका छन् । अमेरिका भ्रमणमा रहेका टोरेसलाई अमेरिकाबाट ब्राजिल फर्के लगत्तै टोरेसकै निवासबाट पक्राउ गरिएको हो ।

टोरेसमाथि आक्रमणको जानकारी हुँदाहुँदै पनि जानीजानी आक्रमण रोक्न नचाहेको आरोप लगाइएको छ । ब्राजिलमा दंगा सुरु हुनुअघि नै देश छोडेका टोरेस पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी मानिन्छन् ।

यसैबीच टोरेसको घरमा गत अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने आदेशको मस्यौदा फेला परेको जनायएको छ । टोरेसले ट्वीट गर्दै आफू सधै कानूनी आधार र नैतिकताका साथ काम गरेको भन्दै सत्यको जित हुने दावी गरेका छन् । ब्राजिलमा गत साता संसद परिसर र राष्ट्रपति निवास र सर्वोच्च अदालतमा आक्रमण भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७