प्रधानमन्त्रीले भेटे यतीको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई


५ माघ २०७९, बिहीबार
prachand at teaching hospital 7feVZh9JAZ
तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवार र आफन्तसँग भेटेका छन् ।

आज (बिहीबार) बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै त्यसबारे काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेको प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिए सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन् । त्यस क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटेर सान्तवना दिएका छन् । परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७