सभामुख चयन गरेर सदनलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउनु पर्छ : पाण्डे


५ माघ २०७९, बिहीबार
Hitaraj pandey scaled

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तत्काल सभामुख चयन गरेर सदनलाई नियमित,व् यवस्थित र प्रभावकारी बनाउनु पर्ने बताएका छन् । आज (बिहीबार) को संसदमा बोल्दै पाण्डेले सत्ता साझेदार दलबाट उम्मेदवार भएका देवराज घिमिरेको पक्षमा मतदान गर्ने आग्रह गरे ।

‘उहाँ (देवराज घिमिरे) ले नेपालको कम्युनिस्ट आन्दोलनमा धेरै योग्दान गर्नुभयो । उत्पीडित समुदायको पक्षमा काम गर्नुभयो । नेपालको सुशासन समृद्धिका साथ सम्पूर्ण नेपाली जनतालाई एकतावद्ध बनाएर जानुपर्ने छ’ पाण्डेले भने, ‘देशको समृद्धि हासिल गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने जुन दायित्व पुरा गर्नुछ । त्यसका लागि सदनमा हामीले नियमित र व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन गर्दैछौं । यसका लागि देवराज घिमिरे योग्य हुनुहुन्छ ।’ ससदको योग्य व्यक्तिलाई मतदान गर्न पाण्डेले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७