‘समीक्षा गर्न चलचित्र बुझन आवश्यक’


१४ माघ २०७९, शनिबार
flim

काठमाडौं । चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा यहाँ दुई दिने कार्यशाला सुरू भएको छ । शुक्रबार सुरु कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् ।

प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताकोविषयबाट सुरू गरेको कार्यशालामा पत्रकार कृष्ण भट्टराईले पत्रकारिताः हिजो र आज, विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षाबारे प्रशिक्षण दिए ।

‘अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्’, मुख्य अधिकृत भुसालले भने, ‘यस्ता कार्यशालाले स्वनियमन गर्न मद्दत गर्छ ।’ निर्देशक सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताए । ‘कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सझैं समीक्षक पनि चनाखो हुनु जरुरी छ’, निर्देशक सायमीले भने ।

आज छायाङ्कार विष्णु कल्पितले दृश्य भाषा र लेखन, नरेश भट्टराईले प्रस्तोता, पूर्व अध्यक्षद्वय विदुर गिरी, शान्तिप्रियले सङ्घको महत्व र आवश्यकताबारे प्रशिक्षण दिने जनाइएको छ । पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई कार्यशालाले लाभ दिने सङ्घका अध्यक्ष दिनेश सिटौलाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७