छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


१४ माघ २०७९, शनिबार
accident 2

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पर्सामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जिरा भवानी गाउँपालिका–१ चम्रिमा हिजो बेलुकी ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्साकै जगरनाथपुर गाउँपालिका–५ का २५ वर्षीय विजय मुखिया छन् । नारायणी अस्पतालमा उपचारको क्रममा मुखियाको बेलुकी साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी साढे ७ बजे ना ३ त २२८७ नम्बरको ट्याक्टरबाट खसेका मुखियालाई सोही ट्याक्टरले किचेको थियो । ट्याक्टरसहित चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
यस्तै सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २८ वर्षीय पुरुष रहेका छन् । रामधुनी नगरपालिका–५ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

हिजो बेलुकी साढे ७ बजे नम्बर खुल्न नसकेको सवारी साधनले को २४ प ३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकलले पैदल हिंडिरहेका पुरुषलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
स्याङ्जामा बसको ठक्करबाट वृद्धको मृत्यु
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका–११ करेन्डाडास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट शुक्रबार साँझ एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय यामबहादुर जिटि रहेका छन् ।

बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले ठक्कर दिँदा जिटिको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७