प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन्द्र शाह, सुकुम्बासी हटाउन माग्दै सहयोग


१६ माघ २०७९, सोमबार
balen prachanda

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । यसअघि गृहमन्त्रीसँग भेट गरेर काठमाडौंको वागमती करिडोरमा रहेका सुकुम्वासी हटाउन सहयोग मागेका बालेनले अहिले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

बालेनले अहिले बिहान मात्रै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । पछिल्लो समय मेयर शाहविरुद्धको जनमत बढ्न थालेको छ । हिजो (आइतबार) मात्रै काठमाडौंमा उनीविरुद्ध आन्दोलन भएको थियो । गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७