उद्योगी–व्यवसायी आन्दोलित : ‘बैंकिङ आतंक बन्द गर, गरीखाने मर्दैछन्’


१६ माघ २०७९, सोमबार
birodh 1

काठमाडौं । सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै काठमाडौंमा उद्योगी–व्यवसायीहरू प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तीय संस्थाहरूको आतंकविरुद्ध व्यवसायीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण गरी खाने मर्दैछन्, सरकारको राजश्वको घट्दैछ, भिख मागेर देश चलाउने अर्थनीति बन्द गर, बैंक सधै नाफामा, उद्योगी सधैं घाटा, व्याजदर घटाउ, गरी खान देउ, उद्योग व्यापार बचाऔं, राष्ट्रिय अर्थतन्त्र उठाऔं, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याउलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै, उनीहरूले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरू सधैं नाफामा हुने तर आफूहरु भने सधैं घाटामा गएको गुनासो उनीहरुले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७