‘निर्णायक’ भनिएको रास्वपाको बैठक जारी


२२ माघ २०७९, आईतवार
rabi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा चलिरहेको छ । सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय लिन पार्टी कार्यालय बसुन्धरामा बैठक शुरु भएको हो ।

आफ्नो माग पुरा गर्न भन्दै पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिसके पनि रास्वपा हालसम्म अनिर्णीत रहेको छ । यसअघि शनिबार बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भन्दै आजका लागि तय भएको थियो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।

शनिबारै गृह बाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । तर, यसबारे रास्वपाले कुनै प्रतिक्रिया जनाइसकेको छैन । रास्वपाका नेताहरुले माग पूरा नभएकाले सरकारबाट बाहिरिने मत बलियो बन्दै गएकाले जे पनि निर्णय हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७