रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने


२२ माघ २०७९, आईतवार
raswpa
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । आज (आइतबार) बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनेछन् । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

सरकारमा उपप्रधान एवम् गृह मन्त्री रहेका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलासँगै खारेज भइसकेको छ । शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्की थिए । उनीहरूले आजै राजीनामा दिने सभापति लामिछानेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७