रास्वपामा थपिएका १६ केन्द्रीय सदस्य (सूचीसहित)


१ फाल्गुन २०७९, सोमबार
rabi
फाइल फोटो

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो ।

रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वापा सह–महामन्त्री कविन्द्र बर्लाकोटीले जानकारी दिएका छन् । केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टीका संग्रौला (ज्याला), हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाई, अर्जुन अधिकारी क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७