सरकारसँगको वार्तापछि यातायात मजदुरको हड्ताल फिर्ता


२ फाल्गुन २०७९, मंगलवार
yatayat 1

काठमाडौं । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा काठमाडौं उपत्यकामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज (मंगलबार) सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । वार्तामा सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले आन्दोलन फिर्ता लिएको बताए। सोमबार नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई तत्काल फिर्ता गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने लगायतका सहमति भएको राईले बताए।

मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्। यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो।

तीन वटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरेपछि उनीहरुलाई वार्तामा बोलाइएको थियो । मजदुर संगठनको हड्ताल पछि आज काठमाडौं उपत्यकामा सवारी साधन कमै मात्रामा चलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७