राष्ट्रपतिमा महन्थका लागि सहयोग माग्दै देउवा निवास पुगे लोसपाका नेता


१० फाल्गुन २०७९, बुधबार
deuwa mahantha

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न प्रस्ताव लिएर लोसपा नेताहरू देउवालाई भेट्न उनकै निवास धुम्बाराही पुगेका हुन् ।

लोसपका नेताहरू हिजो मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

आज नेताहरू सभापति देउवा निवासमा छलफलका लागि पुगेका छन् । देउवासँगको छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत सहभागी छन् । राष्ट्रपतिमा कांग्रेस र एमालेले एक अर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति जुट्ने नेता सुरेन्द्र झाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७