२६ अंकले घट्यो नेम्पसे, एक अर्ब ३४ करोडको कारोबार


१८ फाल्गुन २०७९, बिहीबार
share market

काठमाडौँ । शेयर बजार आज (बिहीबार) पनि उच्च अङ्कले ओरालो लागेको छ । हिजो बुधवार २४ दशमलव ४४ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४७ अङ्कले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ सय ५६ वटा कम्पनीको ३६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बुद्धभूमि नेपाल जलविद्युत् कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७