संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन


२० फाल्गुन २०७९, शनिबार
raja

काठमाडौं । काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गरेको छ ।

आज (शनिबार) व्यवसायी दुर्गा प्रसाई नेतृत्वको महाअभियानले काठमाडौंको माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनु पर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७