होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री


२२ फाल्गुन २०७९, सोमबार
Sudan kirati 1 scaled
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

होली पर्वका अवसरमा प्राइम टेलिभिजनले आज रामशाहपथमा आयोजना गरेको ‘होली उत्सव–२०७९’ मा बोल्दै उनले होली पर्वले भावनात्मक एकता, आपसी सद्भाव र भाइचारा कायम गर्न मद्दत पुग्ने उल्लेख गरे । उनले भने, ‘हामी बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुकमा बसोबास गरेका छौँ । आज एकापसमा रङ्ग घसेर आपसी मतभेद र हृदयभित्रको वैरभाव मेटाउने विशेषता छ । मधेस र पहाडको भावनात्मक एकतालाई बिस्तारै होली पर्वले झन्–झन् बलियो एकताका आधारमा बाँधिरहेको छ ।’

पर्यटनमन्त्री किरातीले पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्नु पर्नेमा जोड दिएका छन । उनले देशको पर्यटनलाई बढाउनका लागि मुलुकको संस्कृतिको प्रवद्र्धन गर्न जरुरी भएको बताए । प्राकृतिक सम्पदा र संस्कृतिलाई समायोजन गरेर मात्रै आजको पर्यटन निर्माण गर्न सकिने र यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिने उनको भनाइ थियो ।

रङ्गहरुको पर्व मानिने होली नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा समेत मनाइने गरिएको छ । विशेष गरी नेपाल र भारतमा यो पर्व धुमधामका साथ मनाइन्छ । पर्यटनमन्त्रीले युवाहरुमा होली पर्व अति नै लोकप्रिय हुँदै गइरहेको भन्दै यो पर्वको प्रवद्र्धनमा जुट्न पनि आग्रह गरे ।

उनले मादक पदार्थ सेवन नगरी पर्वलाई उल्लासका साथ सभ्य रुपमा मनाउन पनि आग्रह गरे । होली उत्सवमा ख्यातिप्राप्त गायकहरू प्रमोद खरेल, इन्दिरा जोशी, ज्योति मगरलगायत कलाकारको सांगीतिक प्रस्तुतिले उल्लेख्य संख्यामा उपस्थित दर्शकमाझ रौनक थपेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७