भारी हिमपातले सिक्किममा ९०० पर्यटक अलपत्र


२८ फाल्गुन २०७९, आईतवार
Sikkim himpat 0zOVI7FMUo

काठमाडौँ । पहाडी राज्य सिक्किममा शनिबार साँझ परेको भारी हिमपातका कारण सीमावर्ती क्षेत्र नाथुलाबाट फर्किएका सयभन्दा बढी सवारीसाधनमा रहेका करिब ९०० पर्यटक बाटोमै अलपत्र परेका छन् ।

राहत र उद्धारका लागि सेना परिचालन गर्नुपरेको छ । सिक्किम प्रहरीले यसबारे जानकारी दिएको छ । एक प्रहरी अधिकारीले केही पर्यटकलाई सेनाका जवानहरूले राति राजधानी गान्तोक ल्याएको बताए । बाँकीले नजिकै रहेको आर्मी क्याम्पमा रात बिताउनुपरेको थियो। उनीहरुलाई बिहान राजधानी लैजाने तयारी भइरहेको छ ।

नाथुला र गान्तोक बीचको १५ माइल क्षेत्रमा ९०० पर्यटक फसेको सेना स्रोतले जनाएको छ । सीमा क्षेत्र नाथुला र यहाँको प्रख्यात चाँगु ताल हेरेर उनीहरु फर्किरहेका थिए । यो क्षेत्र गान्तोकबाट करिब ४२ किलोमिटर टाढा छ ।

सीमा सडक संगठन (बीआरओ) टोली बाटोमा जमेको हिउँ हटाउनमा व्यस्त छन् । केही पर्यटकलाई नजिकैको सैनिक क्यान्टोनमेन्टमा लगिएको र त्यहाँ उनीहरुको खाना र उपचारको व्यवस्था गरिएको छ । भारी हिमपातका कारण सिक्किमको प्रशासनले केही दिनदेखि नाथुला र चाँगु तालमा पास जारी गर्न बन्द गरेको छ । बीबीसी हिन्दीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७