शेयर बजार आज पनि ओरालो, एक अर्ब १४ करोडको कारोबार


२ चैत्र २०७९, बिहीबार
share market 1

काठमाडौँ । शेयर बजार कारोबार आज (बिहीबार) पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा झरेको छ ।

जलविद्युत् र अन्यबाहेक अरु सबै समूहको शेयर घटेको छ । २ सय ५८ वटा कम्पनीका ३४ लाख २ हजार कित्ता शेयर एक अर्ब १४ करोड १४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झण्डै ६ प्रतिशत तथा नयाँ साथी लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र ग्रिन डेभलपमेन्ट बैंकको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७