उपराष्ट्रपतिमा विजयी भए राष्ट्रिय एकता र संविधानको रक्षामा कटिबद्ध हुनेछु : यादव


३ चैत्र २०७९, शुक्रबार
ramsahayeprasad yadav bThd3uh2h5

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले संविधानको रक्षा र पालना गराउन आफू कटिबद्ध भएर लाग्ने बताएका छन् । मतदानपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिंदै उम्मेदवार यादवले आफू निर्वाचित भए संविधानको पालना गराउन अभिभावकत्व भूमिका निर्वाह गर्ने बताएका हुन्

यादवले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म हो । राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु ।’ यादवले संविधानको रक्षा र पालनामा कटिबद्ध भएर लाग्ने बताए । उपराष्ट्रपति निर्वाचनमा यादवसहित नेकपा एमालेका अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झाको उम्मेदवारी परेको छ ।

उपराष्ट्रपतिको मतदान जारी छ । मतदात सकिएलगत्तै मतगणना सुरू गर्ने मतपरिणाम आजै साँझ ६ बजेभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७