उपराष्ट्रपतिमा पुरुष उम्मेदवारी गलत, चुनाव म जित्छु : अष्टलक्ष्मी शाक्य


३ चैत्र २०७९, शुक्रबार
asta

काठमाडौं । उपराष्ट्रपति पदको उम्मेदवार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले आफूले सकारात्मक प्रतिक्रिया पाइरहेकोर बताएकी छन् । उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहँदा सञ्चारकर्मीसँग उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उपराष्ट्रपतिमा आफ्नो विजय पक्का जस्तै रहेको बताउँदै राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उम्मेदवार हुनु गलत भएको जिकिर गरिन् । ‘राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि आन्दोलनको भावनाविपरीत पुरुष उम्मेदवार हुनुहुन्थ्यो । गलत भयो’, उनले थपिन्, ‘चुनाव जित्छु । सकारात्मक प्रतिक्रिया पाएको छु ।’ यो निर्वाचनमा उनले मतदान गर्न पाउँदिनन् । शाक्य सांसद होइनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७