उपराष्ट्रपति निर्वाचन : प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा हालेर पुर्‍याइयो संसद भवन


३ चैत्र २०७९, शुक्रबार
samsad

काठमाडौं । खुट्टाको शल्यक्रिया (अप्रेसन) गरेर ट्रमा सेन्टरमा उपचाररत जसपा सांसद मोहमद अबदुल कलाम आजादले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।

मधेस प्रदेशका राज्यमन्त्री समेत रहेका उनको हिजो ट्रमामा खुट्टाको शल्यक्रिया भएको थियो । बाथरुममा चिप्लिएर लडेका उनलाई एम्बुलेन्सको सहयोगमा मतदान केन्द्र बानेश्वरमा ल्याएर मतदान गराइएको हो । अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो। एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्‍याइएको छ।देशको तेस्रो उपराष्ट्रपति चयन गर्न अहिले मतदान जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७