सर्वोच्चद्वारा जनयुद्ध दिवसको बिदाविरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार


१३ चैत्र २०७९, सोमबार
sarbochha 1

काठमाडौं । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भन्दै दर्ता गरिएको रिट सर्वोच्च अदालतले दरपीठ (अस्वीकार) गरेको छ ।

सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेको छ । सरकारको निर्णय द्वन्द्वपीडितहरू त्यसविरुद्ध रिट लिएर आइतबार सर्वोच्च पुगेका थिए ।

ज्ञानेन्द्र राज आरणसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका थिए । उनीहरूले अदालतका सह–रजिस्ट्रार विमल पौडेललाई भेटेर रिट दर्ताको फाइल छोडेर गएका छन् । रिट दर्ताको फाइल अध्ययनमा नै रहेकाले आइतबार रिट दर्ता भएको थिएन । सोमबार अध्ययनपछि रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपीठ गर्ने निर्णय गरेका हुन् ।

sar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७