उपनिर्वाचन : बारा–२ मा रास्वपाबाट रमेश खरेलको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार
Ramesh Kharel bara

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नम्बर–२ मा रमेश खरेलले उम्मेदवारी दिएका छन् । आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हु्न् ।

पूर्व डीआईजी समेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन् । उनी गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ बाट पराजित भएका थिए ।

गएको मंसिर ४ को निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुँदैछ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा खरेल यो क्षेत्रबाट प्रतिष्पर्धा गर्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७