उपनिर्वाचन : चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार
Jit narayan chitwan 2

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

श्रेष्ठको समर्थकमा राजेश्वर खनाल र प्रस्तावक रामचन्द्र अधिकारी रहेका छन् । यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७