मिटरब्याजको समस्या छानविन गर्न पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा समिति गठन


२० चैत्र २०७९, सोमबार
Prachanda cabinet latest pic 2 scaled

काठमाडौं । सरकारले मिटरब्याजको समस्याका छानविनका लागि पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Prachanda cabinet latest pic 1

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन् । समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रूपमा मिटरब्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरि प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता शर्माले बताइन् ।

समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले जानकारी दिइन् । त्यस्तै बैठकले गृहमन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७