उपनिर्वाचनको आचारसंहिता भोलिदेखि लागु हुने, क–कसलाई लाग्छ ?


२३ चैत्र २०७९, बिहीबार
nirbachan aayog

काठमाडौं । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबार (भोलि) बाट आचारसंहिता लागु हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागु हुने जानकारी गराएका छन् । चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।

क–कसलाई लाग्छ आचारसंहिता ?
(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री ।
(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री ।
(ग) संवैधानिक निकाय र सो निकायका पदाधिकारी ।
(घ) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी ।
(ङ) स्थानीय कार्यपालिका र सोका सदस्य ।
(च) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी ।
(छ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी ।
(ज) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी ।
(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन ।
(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति ।
(ट) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि ।
(ठ) सार्वजनिक पद धारण गरेको व्यक्ति ।
(ड) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता ।
(ढ) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, ।
(ण) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी ।
(त) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी ।
(थ) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी ।
(द) मतदाता ।
(ध) विकास साझेदार संस्था ।
(न) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी ।
(प) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी ।
(फ) निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार ।
(ब) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७