राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा


५ बैशाख २०८०, मंगलवार
durga WotjJhw4Ok

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा छन् । विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए ।

उनले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायत सञ्चार संस्थामा काम गरेका छन् । शर्मा प्रेस चौतारी नेपालको पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७