बेन्फिकालाई हराउँदै इन्टर मिलान सेमिफाइनलमा


७ बैशाख २०८०, बिहीबार
inter milan yZpfnk8Hcq

काठमाडौँ । बेन्फिकालाई हराउँदै इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको सेमिफाइलनमा प्रवेश गरेको छ । इन्टर मिलानले अब फाइनल प्रवेशका लागि एसी मिलानसँग खेल्ने छ ।

गए राति भएको खेलमा इन्टर मिलानले पुरानो प्रतिद्वन्द्वी बेन्फिकालाई ३–३ को बराबरीमा रोक्दै समग्रमा ५–३ को नतिजा निकाल्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो । इन्टर मिलान र बेन्फिका सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा भेट भएका थिए ।

खेलको १४ औँ मिनेटमा बरेल्लाको गोलमा इन्टरले सुरवाती अग्रता बनाएको थियो । तर ३८ औँ मिनेटमा अरस्नेसको गोलमा बेन्फिका बराबरीमा आयो । पहिलो हाफमा १–१ को बराबरी गरेको बेन्फिाकाले दोस्रो हाफमा २ गोल थपे पनि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।

खेलको ६५ औं मिनेटमा ला मार्टिनेजले गोल गर्दै मिलानलाई पुन अग्रता दिलाए । तर ८६ औं मिनेटा एन्टोनियो सिल्भाले गोल गर्दै पुनः बेन्फिकालाई बराबरीमा ल्याए । ७८ औँ मिनेटमा करियाले गोल गर्दै इन्टरलाई ३–२ को अवस्थामा ल्याए । खेलको इन्जयुरी समयमा मुसाले गोल गर्दै बेन्फिका ३–३ को रोमाञ्चक बराबरीमा ल्याए ।

तर पहिलो लेगमा २–० ले पछि परेका बेन्फिकाको लागि दोस्रोको बराबरी पर्याप्त भएन । सेमिफाइनलको पहिलो लेग ९ मे मा एसी मिलानको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७