काठमाडौ उपत्यकाको फोहोर फाल्न नदिने दुई पालिकाको चेनावनी


७ बैशाख २०८०, बिहीबार
fohor ktm

काठमाडौँ । बञ्चरेडाँडावासीसँग भएको सहमति कार्यान्वयन नगरे काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने दुई पालिकाले चेतावनी दिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष र धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

यसअघिको सम्झौता कार्यान्वयन हुनुपर्ने, न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायत माग गरिएको छ । विज्ञप्तिमा ककनीका अध्यक्ष सुमन लामा र धुनिबेँसीका प्रमुख बालकृष्ण आचार्यले हस्ताक्षर गरेका छन् ।

1681979068 notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७