अहिलेको व्यवस्था जनताको पहुँचमा आएन : विप्लव


९ बैशाख २०८०, शनिबार
biplaw

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टहरू एकबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिस्ट स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा विप्लवले क्रान्तिकारी शक्तिहरू एकबद्ध हुनुपर्ने बताएका हुन् ।

‘हामी छिट्टै सँच्चा कम्युनिस्ट शक्तिहरू एक हुन्छौं । माओवाद भनेको विचार हो । माओवादी मात्रै होइन, सबै कम्युनिस्ट एकबद्ध हुनुपर्छ,’ उनले भने । विप्लवले कम्युनिस्टमा केही विकृति देखिएको स्वीकार्दै देशलाई परिवर्तन गर्ने नेतृत्व कम्युनिस्टले नै लिनुपर्ने बताए । नेपालमा क्रान्ति सम्भव रहे पनि यो व्यवस्थालाई बदल्नुपर्ने उनको भनाइ छ । विप्लवले भने, ‘कुनै पनि कार्यालयमा घुस नदिएसम्म काम हुँदैन । काम गर्न खोज्यो अड्काइदिन्छन् । मालिकहरू मोटाएका छन् । अहिलेको व्यवस्था जनताको पहुँचमा आएन ।’

विप्लवले के सरकार जनतामाथि मजाक गर्ने ठाउँ हो ? भन्दै प्रश्न गरे । विप्लवले वर्तमान सरकारले जनताको पक्षमा काम नगरेको बरु आघात पुग्ने काम गरेको बताए । विप्लवले भने, ‘अहिले हजारौं मानिस विदेशिएका छन् । गरिबहरु भोकभोकै मर्नुपर्ने बाध्यता छ । किसानले मल पाएका छैनन् । के सरकार भनेको जनतामाथि मजाक गर्ने ठाउँ हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७