‘युक्रेन बिषयमा कुनै पनि शान्ति प्रयासको क्रेमलिनले स्वागत गर्छ’


१५ बैशाख २०८०, शुक्रबार
gettyimages 1237394095

काठमाडौं । युक्रेन आक्रमणपछि पहिलो पटक चीन र युक्रेनका नेताहरूले गरेको फोनवार्ताबारे प्रतिक्रिया दिँदै फोनवार्ताको एक दिनपछि क्रेमलिनले मस्काले यस पहिल्यै सार्वजनिक को शर्तमा युक्रेनी द्वन्द्व अन्त्य गर्ने कुनै पनि प्रयासको स्वागत गरेको बिहीबार जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘युक्रेनमा जारी द्वन्द्वको अन्त्य र रूसको लक्ष्य प्राप्तिका लागि हामी कुनै पनि कुराको स्वागत गर्न तयार छौं’, पेस्कोभले भने, ‘जहाँसम्म सञ्चारको तथ्यको कुरा छ, यो यी देशहरूको सार्वभौम मामिला हो ।’

उनले निकट भविष्यमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङबीच कुनै नयाँ सम्पर्कको योजना नरहेको पनि बताए । बुधबार चीन र युक्रेनका नेताहरूबीच भएको फोनमार्फत् भएको एक घण्टा लामो छलफलमा सीले शान्ति वार्ताको वकालत गरेको बताइएको छ । गत मार्चमा सी पुटिनसँग शिखर वार्ताका लागि मस्को गएका थिए र दुई नेताले आफ्नो साझेदारीलाई अझ प्रगाढ बनाउन सहमति जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७