राष्ट्रियसभाकाे बैठक आज बस्दै, विषयगत समिति सदस्यको नाम हेरफेर गरिने


१५ बैशाख २०८०, शुक्रबार
Samsad new 4

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । हिजो (बिहीबार) का लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो ।

यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७