नेपालले टस हार्‍यो, कुवेतविरुद्ध ब्याटिङ गर्दै


१६ बैशाख २०८०, शनिबार
nepal bat RgX7XbCHyv
तस्वीर : क्यान

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कुवेतका कप्तान मोहम्मद आस्लामले टस जितेर फिल्डिङ रोजेका हुन् ।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले गुल्शन झाको स्थानमा आज करण केसीलाई प्लेइङ ११ मा स्थान दिएका छन् । पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपालले तेस्रो खेलमा साउदी अरबसँग खेल रद्द भएपछि अंक बाँडेको थियो । समूह ‘ए’ को अन्तिम खेलमा कतारलाई हराएसँगै समूह विजेता बनेको नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग भेट निश्चित गरेको हो ।

कुवेतले हङकङ, बहराइन, सिंगापुरलाई पराजित गरेर यूएईसँग हारे पनि समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन् । ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।
नेपाली टिम : रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७