चितवनका पोल्ट्री व्यवसायी कँडेल कार्यालयको कोठाभित्रै मृत भेटिए


२० बैशाख २०८०, बुधबार
Shankar Kandel Chitwan

चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । भरतपुर महानगरपालिका–३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनी अनमोल फिड्सका सञ्चालक हुन् । कँडेल झुण्डिएको कोठामा सुसाइड नोट समेत भेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । कँडेल साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।

उनी नेपाली कांग्रेस चितवनको यसअघिको कार्यकालमा कोषाध्यक्ष भएका थिए । अहिले महासमिति सदस्य थिए । पछिल्लो समय चितवनको पोल्ट्री क्षेत्रमा संकट आएसँगै उनले अनमोल फिड्स बेचेका थिए । दाना, ह्याचरी र कुखुरा फार्म सञ्चालन गरेका कँडेल सामाजिक व्यक्तित्वका रुपमा समेत जिल्लामा परिचित छन् । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष तथा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले कँडेलको निधनले नेपालको पोल्ट्री व्यावसायमा ठूलो क्षति भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७